जनकपुरधाम। नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले बिहीबार मधेस प्रदेशमा पुगेर पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै मिलेर काम गरे समस्या समाधान हुने बताए। सीताको धर्तीमा सबै सीतारूपी सांसदहरूले स्वागत गर्दा आफू खुसी भएको बताए।
उनले आफू सबैसँग सहकार्य र समन्वय गरेर नै अघि बढ्ने बताए। साथै, उनले आफूलाई जिम्मेवारी बोध भएको र त्यहीअनुसार काम अघि बढाउने बताए। प्रदेश प्रमुख कर्णले सम्पूर्ण प्रदेशवासी मिलेर प्रदेश अघि बढाउनुपर्ने र विधिको शासन सबैले मान्नुपर्नेमा जोड दिए।