arrow

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
ramsahaya-yadav-vice-president.jpg

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए।

समारोहमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए।

राजदूत थेयङले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन लाई नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै तिनै क्षेत्रलाई प्राथमिकतामा राखेर कोरियाले साझेदारको भूमिका निर्वाह गरेको बताए।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, र कामको सिलसिलामा यहाँ रहेका कोरियाली नागरिकको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ