arrow

विप्लव समाजवादी मोर्चाबाट अलग, 'औचित्य समाप्त भएको' घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
biplav-82-7-2r (5).jpeg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चा बाट अलग भएको छ। नेकपा माओवादी केन्द्रसहित चार पार्टीको सहभागितामा २०८० सालमा गठन भएको उक्त मोर्चाबाट नेकपा अलग भएको हो।

बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले एक विज्ञप्ति जारी गर्दै 'समाजवादी मोर्चा' को औचित्य समाप्त भएको घोषणा गरेका छन्।

महासचिव विप्लवले विज्ञप्ति मार्फत भनेका छन्, "सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन्। व्यापक स्तरमा नयाँ बहसहरू आवश्यक बनेका छन् र बढि पनि सकेका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्। यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ।"

उनले मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू गरे पनि जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव नबनेको समेत बताएका छन्। समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ