arrow

मधेसका मुख्यमन्त्रीको स्पष्टीकरण

बाटोमै शपथ लिएका मुख्यमन्त्रीको स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
saroj-yadhav-new.jpg

जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले वर्तमान परिस्थितिलाई मध्यनजर गरी आफूले बाटोमै शपथ ग्रहण गरेको स्पष्टीकरण दिएका छन्। सोमबार साँझ जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो शपथग्रहण कुनै पूर्वयोजना नभई बाध्यात्मक अवस्था मा उत्पन्न भएको दाबी गरे।

मुख्यमन्त्री यादवका अनुसार, प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौं हिँडिसक्नुभएको थाहा पाएपछि उनले फोन गरेरै शपथ नगराई नजान आग्रह गरे। उनले 'नियुक्ति दिने तर शपथ नगराउने' अवस्था बनेकाले आफू जहाँ भए पनि शपथ ग्रहण गराउन आग्रह गर्दै बाटोमै पुगेको बताए। उनले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्रीले नै नेतृत्व गरिरहने भएकाले अहिलेको स्थितिलाई हेरेर आफू शपथका लागि बाटोमै पुगेको उल्लेख गरे।

यादवले आफू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री भएको जिकिर गरे। उनले बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने दाबी गरे। उनले विगतमा पनि मुख्यमन्त्रीहरूको शपथग्रहण फरक-फरक ठाउँमा भएको उदाहरण दिँदै शपथग्रहण एकै ठाउँमा हुनुपर्ने कुनै जरुरी नरहेको तर्क गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ