arrow

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँ: गृहमन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
om-aryal-22.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकार सुशासन कायम गर्दै निर्वाचनमार्फत देशलाई राजनीतिक निकास दिलाउने अभिभारा पूरा गर्न दृढताका साथ अघि बढेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री अर्यालले भनेका छन्, "आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन। कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ।"

गृहमन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै उनले कतिपय विषयमा काम गर्दा 'के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था' हुने बताएका छन्। उनले वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न क्रियाशील रहेको स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ