arrow

विशाल र मारिजे केभीआर समीट च्यालेन्ज च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
sumit-ktm.jpg

काठमाडौँ । केभीआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन प्रथम भएका छन्।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता विशालले दुई घन्टा ३१ मिनेट समय लगाए । नेपालकै वीरेन्द्र पाण्डे र युगल राई दोस्रो र तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घन्टा ४२ मिनेट तथा युगलले तीन घन्टा ३७ मिनेटमा दौड पूरा गरे ।

महिलातर्फ मारिजेले तीन घन्टा ३७ मिनेट समयसहित सबभन्दा चाँडै दौड पूरा गरिन् । स्कटल्यान्डकी जर्जिया टिन्डलेले (४ः०७ः५० सकेन्ड) दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी (४ः०९ः५१ सकेन्ड) तेस्रो स्थानमा रहे । 

स्यूचाटारबाट शुरू भएको २१ किमीको दौड गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ, गुरजे भञ्ज्याङ हुँदै सूर्यचौरमा समापन भएको थियो । 

ट्रेल रनिङमा नयाँ सहभागीका लागि वा विस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि सात किलोमिटरको फन रन/हाइक पनि राखिएको थियो । सो दौड सूर्यचौरमा शुरू भएर गुरुङगाउँ, गुरजे भञ्ज्याङ हँुदै सुर्यचौरमा सकिएको थियो । 

सो दौडमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा (१ घन्टा १० मिनेट) पहिलो, लबिन गुरुङ (१ घन्टा ११ मिनेट) दोस्रो र समिर कार्की (१ घन्टा १२ मिनेट) तेस्रो भए । महिला वर्गमा अनिमा शेर्पा (१ घन्टा २८  मिनेट) पहिलो, फिलयोर माउन्टजोय (एक घन्टा ३० मिनेट) दोस्रो र आमानडाइन फेमी (१ घन्टा ३४ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।

केभीआर समीट च्यालेन्जको दोस्रो चरणमा स्वेदेशी र दस देशका विदेशी गरी २१ किमीतर्फ एक सय १२ र ७ किमीमा ३० जना धावकले सहभागिता जनाएका थिए ।

केभीरआर समीट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ ।

“स्वस्थ रहौँ, रमाइलो गरौँ, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल स्पोट्र्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि नीरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ