काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ (यूएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ ।
बिहीवाबार प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा विशेष समारोहकाबीच सेनाले यूएन दिवस मनाएको हो । कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, लगतय सबै सुरक्षा निकायका प्रमुखहरु तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथी, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरुको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रमासमेत पहिलो स्थानमा छ ।
प्रहरीको टोली सन् १९९२ र एपीएफको टोली सन् २००२ देखि गएको हो ।