arrow

सस्तो सामानको लोभमा पर्दा ठगी: खाता ह्याक गर्ने अपराध बढेको भन्दै प्रहरीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
police-ktm-genz.jpg

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरू देखाएर ठगी गर्ने अपराध बढिरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

प्रहरी परिसर काठमाडौंले एक सूचनामार्फत जानकारी दिएअनुसार, ठगी गर्नेहरूले अनलाइनमा सस्तो दरमा आकर्षक सामानहरू देखाएर अग्रिम रकम भुक्तानी गर्न लगाउने गरेका छन्। पैसा भुक्तानी गरेपछि 'पैसा आएको छैन' भनी विश्वास दिलाएर उनीहरूले ह्वाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाई ओ.टी.पी. लिने र सोही माध्यमबाट खाता ह्याक गरी ठगी गर्ने गरेका छन्।

नेपाल प्रहरीले कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर नगर्न र ओ.टी.पी. नदिन अनुरोध गर्दै ठगी हुनबाट बच्न आग्रह गरेको छ।

आवश्यक परेमा सहयोगका लागि नेपाल प्रहरी (१००), ट्राफिक प्रहरी (१०३), जिल्ला प्रहरी परिसर, काठमाडौं (९८५१२८३०१२) र बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ