गोवास्थित मिरामार बिचमा हुने आइरन म्यानमा चन्द सहभागी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
16.6k
Shares
काठमाडौँ । नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी निरीक्षक रविन्द्र चन्द आइरन म्यान ७०.३ मा सहभागी हुने भएका छन् ।
सो प्रतियोगिता भारतको गोवास्थित मिरामार बिचमा हुँदैछ । यस इभेन्टको कूल दूरी ११३ किलोमिटर रहेको छ । जसअन्तर्गत पौडी १.९ किलोमिटर, साइक्लिङ ९० किलोमिटर र दौड २१.१ किलोमिटर रहेको छ ।
रविन्द्र हाल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत छन् । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ तथा उपाध्यक्ष एवम् पूर्व प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह लगायतको उपस्थितिमा रविन्द्रलाई शुभकामना तथा बिदाइ कार्यक्रममा ट्रिसुट र साइकल हस्तान्तरण गरियो ।
सो बिदाई कार्यक्रम नेपाल ट्रायथलन संघले आयोजना गरेको हो ।