arrow

कांग्रेस केन्द्रीय समिति बैठक जारी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
congress-meeting-82-7-13yy (2).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा जारी छ ।  बैठक गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ। 

त्यस्तै बैठकमा पार्टीको महाधिवेशनको मिति तोक्ने विषयमासमेत गम्भीर छलफल भइरहेको बताइएको छ । यसअघि असोज २८ गतेदेखि शुरू भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । 

त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ । कार्तिक १ गतेदेखि भने बैठक स्थगित गरिएको थियो । तिहार र छठ सकेर बैठक आजदेखि निरन्तर भएको हो । 

यो बैठकले महाधिवेशनको मिति तय गर्नेछ भने हालको राजनीतिक परिस्थितिसँगै अगाडि बढ्ने योजना बनाउने छ । 

congress-meeting-82-7-13yy (4).jpg
congress-meeting-82-7-13yy (5).jpg
congress-meeting-82-7-13yy (6).jpg
congress-meeting-82-7-13yy (1).jpg
congress-meeting-82-7-13yy (2).jpg
congress-meeting-82-7-13yy (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ