वर्षाले ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1.4k
Shares
तस्बिर –सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।
पाटन । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
शनिबारसम्म यसको प्रभाव नेपालको सातवटै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
उपत्यकामा बिहानैदेखि पानी पर्दा ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ ।
नालाको सही व्यवस्थापन नहुँदा सो क्षेत्रमा केही समय वर्षा हुँदा पनि पानी जम्ने गरेको छ । जसका कारण जोखिमपूर्ण तरिकाले सवारीसाधन चलाउन पर्ने बाध्यता रहेको छ ।