arrow

लेक लागेर ललितपुरका माधवकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
muktinath-81-7-20.jpg

मुस्ताङ । मुस्ताङमा साेमबार लेक लागेर एक जना तीर्थालुको ज्यान गएको छ ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा न‌ं १८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका वडा न‌ं २ मार्फा पुग्दा अचानक बेहोस भएका थिए ।

उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । उनकाे उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ