arrow

अबको तीन दिन भारी हिमपातसहित वर्षाको सम्भावना

दैनिक जीवन र पर्यटन प्रभावित हुन सक्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
weather-always-2082.jpg

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले सोमबार दिउँसो सूचना जारी गदै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार, सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा एक,दुई स्थानमा भारी हिमपात हुने सम्भावना छ ।

हिमपात र वर्षाले दैनिक जीवनसँगै पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ