पाटन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रक्तदान गरेका छन् । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित शुभकामना कार्यक्रममा उनले रक्तदान गरेका हुन् ।
शर्मासहित २० जनाले रक्तदान गरेको तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए ।
उनले कार्यक्रम ढिला शुरू गरे पनि उत्साहजनक सहभागीता भएको बताए ।