arrow

संसद भवन निर्माण तोकिएको समयमा नसकिए जरिबाना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
kulman-parliyement.jpg

काठमाडौँ । शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन् । सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ ।

फागुन २१ मा निर्वाचन भई प्रतिनिधिसभा सदस्यले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्न सक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीब्र बनाउन निर्देशन दिइएको छ । 

अवलोकनपछि मन्त्री घिसिङले पुरानो संसद भवन जेन जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनि सञ्चालन गर्नुपर्ने र प्रतिनिधिसभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको बताए । पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भने पनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताए । 

हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिए । दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिए । 

निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गरे । आवश्यक स्रोत, साधन र जनशक्ति खटाएर तीब्रताका साथ काम गर्न निर्देशन दिए । समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिवाना तिराउने चेतावनी दिए । 

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । 

तर राजनीतिक दलहरू भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ