arrow

मोटरसाइकल दुर्घटनामा कृषि परियोजना प्रमुख लम्सालको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
madhav-lamsal-death.jpg

पाेखरा । राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराका कार्यालय प्रमुख माधव लम्सालको सवारी दुर्घटनामा निधन भएको छ । 

उनले चलाएको मोटरसाइकल स्याङ्जजा पुतलीबजार नगरपालिका वडा नं १४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही वडाको लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्सालको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल नेपालीका अनुसार पुतलीखेत-सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु५९प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

सातौँबाट पुतलीखेततर्फ आउने क्रममा ओरालो सडकबाट मोटरसाइकल अनियन्त्रित भई झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना परी गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ