arrow

दार्चुलाको दानीखेतमा जीप दुर्घटना, मालिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
jeep-accidents.jpg

खलङ्गा (दार्चुला)। दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीका अनुसार लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो।

जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे खुल्न सकेको छैन। दुर्घटनापछि जीप चालक फरार भएकाले खोजीका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ