arrow

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: कुलमान घिसिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
kulman-ghising-18-06-082.jpg

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

मन्त्री घिसिङले आफूलाई 'उज्यालो नेपाल पार्टी' को आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्दै विभिन्न सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, "सूचना वा समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो 'जुम' बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु।" उनले आफूसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको भन्दै त्यसको खण्डन गरेका छन् र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ