निर्माण व्यवसायीको आरोप - सरकारले नै आयोजनालाई रुग्ण बनायो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
859
Shares
काठमाठौँ । पछिल्लो समय विकासे मन्त्रालले रुग्ण आयोजनाको ठेक्का अन्त्य गरिरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले विरोध गरेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले ठेक्का अन्त्य गर्ने कदम सुन्नमा अत्यन्तै कर्णप्रिय भए पनि त्यसको परिणाम नहेरिएको बताए ।
उनका अनुसार ठेक्का अन्त्यपछिको परिणामलाई सरकारले समेत हेरेको छैन । रुग्ण रहेको ठेक्कालाई अन्त्य गर्दै गर्दा सरकारले रुग्ण ठेक्काको कारण पहिचान गर्नुपर्ने स्पष्ट पारे ।
उनले ठेक्का अन्त्य गर्दा सरकारले कारण पहिचान गर्न जरुरी रहेको बताए। साथै त्यसको जिम्मेवार को हो ? कम्पनी कत्तिको जिम्मेवार छ भन्नेकुराको हेक्का राख्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष सिंहले भने, ‘सरकारले रुग्ण रहेका ठेक्का अन्त्य गर्दाखेरी सरकारले कारण पहिचान गर्नुपर्याे । कारण पहिचान गर्दैगर्दा रुग्ण ठेक्कालाई सो अवस्थामा पुर्याउन कोको जिम्मेवार छन्, पहिचान हुनुपर्याे ।’
सिंहले भने, ‘निर्माण कम्पनी कत्तिको जिम्मेवार छ, सरकारका कर्मचारी कत्तिको जिम्मेवार छन्, र सरकार स्वयम कत्तिको जिम्मेवार छ, हामीसँग गरेको साढे छ खर्बका योजनाहरुको जुन सम्झौता छ, त्यो सम्झौताअनुसारको काम गर्नका लागि स्रोतका आधार तयार भएका छैनन् ।’
उनले लामो समयदेखि हामीसँग जुन सम्झौता भएको भन्दै ती योजनामा सरकारले सम्झौता गरेर आफ्नै कारणले ती योजनालाई रुग्ण बनाएको बताए ।
सरकारले आफैँ आयोजनालाई रुग्ण बनाएको भन्दै सिंहले त्यस्तो कार्यगर्नेलाई कारबाही गर्नुपर्ने बताए । पछिल्लो समय सरकारले योजनामा सम्झौता गर्ने तर पर्याप्त बजेट नछुट्याउँदा आयोजना प्रभावित भइरहेको सिंहको भनाइ छ ।