arrow

बत्तीस वर्षदेखि बर्दिया र कैलालीको शान बनेको चिसापानी पुल [तस्बिर]

logo
प्रकाशचन्द्र तिमिल्सेना, 
प्रकाशित २०८२ कार्तिक १ शनिबार
chisapani-bridge-karnali-82-7-1 (6).JPG
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

बर्दिया । एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ ।

चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका छन् । नेपालको सुदूरपश्चिम क्षेत्रलाई अन्य भागसँग जोड्ने यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो ।

करिब २३ करोड ६४ लाख रुपैयाँ (त्यसबेलाको १ करोड ५८ लाख डलर) मा बनेको यो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी ल्याब्सले गरेको थियो ।

पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ ।  "यो पुल निर्माण भएपछि अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन," स्थानीय बताउँछन् ।

यो पुल काठमाडौँबाट ५०० किलोमिटरको दूरीमा छ । पुलको डिजाइन र स्थानले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाएको छ । 

पुलको उद्घाटन २०५० मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो ।

यो पुलले बर्दिया र कैलालीलाई जोड्ने मात्रै नभएर लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लाई पनि जोडेको छ।

chisapani-bridge-karnali-82-7-1 (2).JPG
chisapani-bridge-karnali-82-7-1 (3).JPG
chisapani-bridge-karnali-82-7-1 (4).JPG
chisapani-bridge-karnali-82-7-1 (5).JPG
chisapani-bridge-karnali-82-7-1 (6).JPG
chisapani-bridge-karnali-82-7-1 (7).JPG
chisapani-bridge-karnali-82-7-1 (8).jpg
chisapani-bridge-karnali-82-7-1 (9).JPG
chisapani-bridge-karnali-82-7-1 (10).JPG
chisapani-bridge-karnali-82-7-1 (11).JPG
chisapani-bridge-karnali-82-7-1 (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ