सुरुङ्गा (झापा)। सर्पको डसाइबाट आज अर्जुनधारा–११, चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ। राईलाई गए राति सुतिरहेको अवस्थामा ओछ्यानमै सर्पले डसेको थियो।
सर्पले डसेलगत्तै बालकलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्।