arrow

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो, नेप्से परिसूचकमा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
dhitopatra-bord.jpeg

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण बढेर ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ। यो पुँजीकरण २०८१ भदौ मसान्तमा रहेको ४१ खर्ब ०३ अर्ब ६२ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा पनि बढेको छ। २०८१ भदौ मसान्तमा ७१.८८ प्रतिशत रहेको यो अनुपात गत भदौमा बढेर ७३.१५ प्रतिशत पुगेको छ। त्यस्तै, २०८१ भदौ मसान्तमा २५८०.७६ रहेको नेप्से सूचकांक पनि सुधार भई गत भदौ मसान्तमा २६७२.२५ कायम भएको छ।

गत भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या बढेर २ सय ७६ पुगेको छ, जुन अघिल्लो वर्ष २ सय ६७ रहेको थियो। यी कम्पनीहरूमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्। बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.९ प्रतिशत रहेको छ भने जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत रहेको छ।

नेप्सेमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य गत भदौ मसान्तमा ८ सय ७७ अर्ब ९७ करोड रहेको छ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा साधारण शेयर, बोनस शेयर, हकप्रद शेयर र एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। सोही समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्ड, हकप्रद शेयर र साधारण शेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ