-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । हमासले बन्धक बनाएर ज्यान गुमाउन पुगेका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
प्यालेस्टिनी लडाकु समूह हमासको बन्धनमा परेको दुई वर्षपछि विपिन जोशी जीवित नरहेको सोमबारमात्रै पुष्टि भएको थियो । उनको मृत्यु भएको मिति खुलाइएको छैन ।
उनीसहित ४ जनाको शवलाई सोमबार राति अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरिएको छ ।
जेन–जी समूहका रक्षा बम लगायतकाहरुले जोशीको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
विपिनको शव नेपाल ल्याउने तयारी भइरहेको इजरायलले जानकारी दिएको छ ।