काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आईपीयको १५१ औँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा हुँदैछ ।
उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ । आईपीयको महासभामा नेपालको सहभागिता, राष्ट्रियूसभा निर्वाचनलगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रियसभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए ।
त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराएका थिए ।