arrow

विपद् व्यवस्थापनमा पानीको स्रोतको व्यवस्थापन अपरिहार्य: मन्त्री घिसिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
kulman-09.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र शहरी विकास मन्त्री कुलमान घिसिङ्ले प्रकोपहरूको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन्।

विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री घिसिङ्ले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नु अति आवश्यक रहेको धारणा राखे। उनले यस विषयलाई माथिदेखि तलसम्म ध्यान नदिने हो भने यस्तो प्रकारको प्रकोप सधैँ भइरहने बताए।

मन्त्री घिसिङ्ले भने, "प्राकृतिक प्रकोप एवं विपद् आउनुभन्दा अगाडि नै त्यसका समाधानहरू के के हुन सक्छन्, त्यसको खतरा कम गर्ने उपायहरू के–के हुनसक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन भनेको पानीको स्रोतको व्यवस्थापन हो। यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सधैँ भइरहन्छ। नदी प्रणालीलाई व्यवस्थापन गर्नुपर्ने थियो त्यो भएन।"

उनले पूर्वाधार व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको उल्लेख गरे। गाउँमा सबै स्थानमा सडक पुगे पनि एक दिनको वर्षाले सबै ध्वस्त भएको भन्दै केन्द्र, प्रदेश र स्थानीय सरकारले बनाएका सडकहरूको नामनिसान नै नरहेको बताए। उनले खानेपानीको अवस्था पनि उस्तै रहेको जनाए।

मन्त्री घिसिङ्ले घरहरू कहाँ बनाउने, बस्ती कहाँ राख्ने भन्नेबारे अध्ययन गरेर नक्सा बनाउनुपर्ने र एकदमै खतरा भएको स्थानको बस्तीलाई हटाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ