arrow

बिपिन जोशीसहित चार जनाको शव पहिचान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
bipin-joshi-final.jpg

काठमाडौँ । इजरायली सुरक्षा बल (आइडीएफ) ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ । 

तीमध्ये दुई जनामध्ये नेपाली विद्यार्थी बिपिन जोशी र गाई इलोजको नाम बाहिर आएको छ । बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ ।

आईडीएफका अनुसार बिपिनको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान गरिएको छ । 

गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको अनुमान रहेको छ ।

बिपिनलाई किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आईडीएफले जनाएको छ । 

राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ