तिहारका लागि राष्ट्र बैंकले गर्यो चाँदीका सिक्का विक्री वितरण शुरु [भिडियो]
यस वर्ष सुनका असर्फी भने विक्री नगरिने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
976
Shares
काठमाडौँ । तिहार अन्तर्गत धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) विक्री वितरण शुरु गरेको छ। तर, राष्ट्र बैंकले यस वर्ष सुनका असर्फी भने विक्री नगरिने जनाएको छ।
धनतेरसलक्षित राष्ट्र बैंकले चार प्रकारका सिक्का विक्री वितरण शुरु गरेको हो। मेडालियन विक्री वितरण शुरु भएसँगै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा सिक्का किन्नेहरूको भीड लागेको छ।
महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१० ग्राम), गणेश मेडालियन (१० ग्राम), गजलक्ष्मी (१० ग्राम) र गाई मेडालियन (१० ग्राम) सबै ३ हजार दुई सय रुपैयाँकै दरले वितरण गरिने भएको छ।
राष्ट्र बैंकले प्रतिव्यक्ति १-१ वटा मात्रै मेडालियन वितरण गरिने जनाएको छ। साथै, सिक्का खरिद गर्न जाँदा ग्राहकहरूलाई नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन महाशाखाले अनुरोध गरेको छ।