arrow

असंवैधानिक सरकारको कार्य वैधानिक हुँदैनः महन्थ ठाकुर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
mahantha-thakur-madhesh.jpg

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताएका छन् ।

यद्यपि विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको उनको भनाइ छ । 

रौतहट सदरमुकाम गौरमा रहेका अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषणा गरे पनि पर्याप्त समय र गृहकार्य नभएको बताए ।

अबको पाँच महिनाभित्र चुनावको आवश्यक सामग्री र कर्मचारी ठाउँ/ठाउँमा पुर्‍याउन चुनौती रहेको उनको भनाइ छ। 

उनले मधेसी जेनजीवादी आफूसँग भेट गरेको स्विकार गर्दै उनले चुनावमा सहयोग गर्न भनेको बताए ।

‘हाम्रा उम्मेद्वार नभएको स्थानमा सहयोग गर्ने कुरा भयो’, उनले भने, ‘मधेसी जेनजीवादीले मधेसकै मुद्दा उठान गरेका छन ।’

यस्तै गौरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीयता माथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने चेतावनी दिए ।

‘प्रदेश सभा भंग गर्ने हल्ला चलेको छ, यदि यस्तै भयो भने हामी सडकमा हुन्छौँ,’ अध्यक्ष ठाकुरले भने। 

मधेसका अधिकार लडेर प्राप्त गरिएको भन्दै उनले कसैको दयाले नभई संघीयता सयौं शहीदहरूको बलिदानीबाट प्राप्त उपलब्धि भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ