arrow

शैलुङमा उत्पादित तरकारी कालिमाटीमा, किसानलाई तरकारी बेच्ने चटारो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
tarkari-kauli.jpg

रामेछाप । रामेछाप र दोलखाको उत्तरी क्षेत्र शैलुङका किसानलाई अहिले भ्याइनभ्याई छ ।

अति उब्जाउयोग्य भूमि रहेको शैलुङमा अहिले बेसिजनको काउली, बन्दा, गाजर, मुला केराउलगायतका तरकारी बाली लोभलाग्दो छ । किसानका बारी, घर, पेटीदेखि सडकसम्म जताततै तरकारी नै तरकारी देखिन्छ । 

अहिले किसानले लगाएको सबै तरकारी बिक्रीको बेला भएको स्थानीय किसान दावासाङ्बु शेर्पाले बताए । 

तरकारीको सिजनमा शैलुङका एक जना किसानले चार/पाँच लाख रुपैयाँसम्मको तरकारी बेच्ने शेर्पाले जानकारी दिए । 
किसानले उत्पादन गरेको शैलुङको आलुलगायतका तरकारी किन्न व्यापारी किसानका बारीमा नै पुग्ने गर्दछन् । 

यस वर्ष असोजको वर्षाले सडक बिगारेको कारण भने किसानलाई आफ्नो उत्पादन बजार पुर्‍याउन निक्कै गाह्रो भएको शेर्पाले बताए । 

शैलुङको तरकारीको मुख्य बजार काठमाडौँको कालीमाटी हो । यसबाहेक अन्य स्थानीय बजारमा पनि तरकारी बिक्री हुने गर्दछ । 

काठमाडौँ जाने बीपी राजमार्ग बन्द हुँदा किसानलाई तरकारी काठमाडौँ पुर्‍याउन निक्कै समस्या भयो । 

मुढे-शैलुङ सडकमर्मत गरी केही तरकारी किसानले सो बाटो भएर काठमाडौँसम्म पुर्‍याए । अब बीपी राजमार्ग सञ्चालनमा आएकोले उत्पादन बजार पुर्‍यउन किसानलाई सहज हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ