काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएपछि हिजो शनिबारका लागि बोलाइएको बैठक स्थगित भएकोमा आज पुनः बसिरहेको हो ।
एमालेका सबै नेता पार्टी कार्यालय छाडेर अध्यक्ष ओली डेरामा बस्न थालेको भक्तपुरको गुण्डुमा पुुगेका हुन् । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।
एमाले सचिवालयमा नेतृत्व परिवर्तनको चर्चा भए पनि ओली भने कुनै पनि हालतमा छाड्ने मनस्थितिमा छैनन् ।