काठमाडौँ। गाजामा हमासको नियन्त्रणमा रहेका जीवित बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम समावेश गरिएको नयाँ जानकारी सार्वजनिक भएको छ।
हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नुअगाडि यो सूची सार्वजनिक भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित बन्धकको सूचीमा विपिनको नाम पनि समेटिएको छ।
यसअघि, अर्को अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले सार्वजनिक गरेको सूचीमा विपिनको अवस्था 'अज्ञात' रहेको उल्लेख गरिए पनि, अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीले भने विपिन जीवित रहेको पुष्टि गरेको छ।