arrow

हिमपातका कारण ४० भन्दा बढी यात्रु तुम्लिङमा अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
humla-himpat-81-9-13.jpg

हुम्ला। उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी आन्तरिक र बाह्य पर्यटक हिमपातका कारण लिमी क्षेत्रको तुम्लिङमा अलपत्र परेका छन्। सोमबार र मङ्गलबार परेको बाक्लो हिमपातका कारण न्यालुको बाटो छिचोल्न नसकेर उनीहरू त्यहीँ रोकिएका हुन्।

तुम्लिङमा रहेका उब्जन रावतका अनुसार दुई दिन परेको बाक्लो हिमपातले गर्दा लिमीको पदयात्रा सकेर सिमकोट फर्किने क्रममा न्यालु लेकको बाटो अवरुद्ध भएको छ। न्यालु लेकमा तीन फिटभन्दा बढी हिउँ जमेको छ, जसका कारण सवारीसाधनले सडक छिचोल्न नसकेर यात्रुहरू पाँच–छ दिनदेखि रोकिएका छन्।

शनिबार दिउँसो घाम लागे पनि यात्रुहरूले हिउँ पन्छाउन नसकेको उनले बताए। रावतका अनुसार न्यालु लेकको तुम्लिङमा टेलिफोन सेवाले काम नगरेकाले हिउँ पन्छाउनका लागि साढे एक घण्टा पैदलयात्रा गरेर सम्बन्धित निकायमा आग्रह गर्नुपरेको थियो।

अलपत्र परेकाहरूलाई आवतजावतमा समस्या भइरहेको तुम्लिङमै रहेका पवन रोकायाले बताए। पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले न्यालु लेकको सडकमा जमेको हिउँ सकभर आज (आइतबार) वा सोमबारसम्म पन्छाइसकिने जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ