काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरीकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न शनिबार इलामको जाँदैछन् ।
त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनी इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ ।
घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरूका आफन्तलाई समेत भेटनेछन् ।