राष्ट्र बैंकद्वारा सुन आयात कोटा र रेमिट्यान्स सीमा वृद्धि
सुन आयात कोटालाई २० किलोबाट बढाएर २५ किलो पुर्याइयो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
834
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारमा सुनको माग बढेको र दिपावली नजिकिएको भन्दै दैनिक सुन आयात कोटालाई २० किलोबाट बढाएर २५ किलो पुर्याएको छ। वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ।
हाल सुनको मूल्य निरन्तर बढ्दै गएको छ। शुक्रबार नेपाली बजारमा सुनको प्रतितोला मूल्य २ लाख ३५ हजार रुपैयाँ पुगेको छ। लगानीकर्ताहरूका लागि सुन सुरक्षित विकल्प बन्दै गएपछि यसको माग थप बढेको बताइएको छ।
राष्ट्र बैंकले फिर्ता नहुने रेमिट्यान्स (विप्रेषण) को सीमा पनि २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पुर्याएको छ।
यो वृद्धिसँगै अब नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म वा कम्पनीहरूले विभिन्न प्रयोजनका लागि दैनिक २५ लाख रुपैयाँसम्म रकम विप्रेषण कम्पनीमार्फत ल्याउन सक्नेछन्। यस्तो रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात लिनुपर्ने र प्रत्येक महिनाको अन्त्यमा सम्बन्धित विभागहरूमा विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ।