arrow

राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप संकलन गर्दै

तरलता व्यवस्थापनका लागि बोलकबोल आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १९ दिनका लागि उक्त रकम खिच्न बोलकबोल आह्वान गर्दै वित्तीय बजारमा सन्तुलन कायम गर्न खोजेको हो। 

यो प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि अनलाइन खरिद प्रणालीमार्फत आजै बोलकबोल हुने र यसको ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण गरिने बैंकले जनाएको छ।

रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकतामा राखिनेछ। सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोल दिन सक्नेछन्। यसरी संकलन गरिएको निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८३ वैशाख ३० गते गरिने जानकारी राष्ट्र बैंकले दिएको छ। 

बैंकहरूमा निक्षेप चुलिँदै गएको र लगानीका क्षेत्रहरू सुस्त देखिएकाले बजार ब्याजदरलाई व्यवस्थित बनाउन केन्द्रीय बैंकले खुला बजार कारोबार कार्यविधिअनुसार यो कदम चालेको हो। यसअघि पनि राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाहरूको पटकपटक प्रयोग गर्दै आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ