arrow

देउवा बिनाको कांग्रेस पदाधिकारी बैठक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
congress-meeting--82-6-23q.jpg

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । बैठक सामसामयिक राजनीतिक विषय एवं यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचीलगायत विषयसमेतमा छलफल गर्न डाकिएको सहमहामन्त्री जीवन परियारले बताएका छन् । 

गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ प्रदर्शनपछि  पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बसेको हो । प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी एवं तत्कालीन परराष्ट्र मन्त्री डा आरजू राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थित भएनन् । उनी असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालय लगायतका पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोेडफोड भएको थियो । 

उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस तीव्र रुपले भइरहेको छ । जेन–जीका माग सम्बोधन गर्नुपर्नेमा पार्टीभित्र मन्थन भएको छ । 

त्यस्तै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको अवस्थामा विशेष महाधिवेशन डाकेर नयाँ नेतृत्वबाट कांग्रेस अगाडि बढ्नुपर्नेमासमेत जोड दिइएको छ । 

congress-meeting-82-6-23aa (20).jpeg
congress-meeting-82-6-23aa (19).jpeg
congress-meeting-82-6-23aa (18).jpeg
congress-meeting-82-6-23aa (17).jpeg
congress-meeting-82-6-23aa (16).jpeg
congress-meeting-82-6-23aa (15).jpeg
congress-meeting-82-6-23aa (14).jpeg
congress-meeting-82-6-23aa (13).jpeg
congress-meeting-82-6-23aa (12).jpeg
congress-meeting-82-6-23aa (11).jpeg
congress-meeting-82-6-23aa (10).jpeg
congress-meeting-82-6-23aa (9).jpeg
congress-meeting-82-6-23aa (8).jpeg
congress-meeting-82-6-23aa (7).jpeg
congress-meeting-82-6-23aa (6).jpeg
congress-meeting-82-6-23aa (5).jpeg
congress-meeting-82-6-23aa (4).jpeg
congress-meeting-82-6-23aa (3).jpeg
congress-meeting-82-6-23aa (2).jpeg
congress-meeting-82-6-23aa (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ