arrow

गृहमन्त्री अर्यालद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
home-ministry-new.jpg

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन को अवस्थाबारे जानकारी लिनका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। 

गृहमन्त्री अर्यालले विशेषगरी देशमा हाल देखिएको राजनीतिक अस्थिरता र विभिन्न भागमा बाढीपहिराजस्ता विपद्को सामना गर्न सुरक्षा निकायको तयारी, समन्वय र समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ