arrow

बीपी राजमार्गको अनुगमनमा कुलमान

क्षतिग्रस्त बीपी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्री घिसिङको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
kulman-bp-highway1.jpg

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउनेगरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन्।

बिहीबार बीपी राजमार्गको अनुगमनमा गएका मन्त्री घिसिङले संघीय राजधानी काठमाडौँलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने लाइफ लाइन सडक भएकाले यसलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउन आग्रह गरेका हुन्।

सडक अनुगमन टोलीमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायतका अधिकारीहरू सहभागी थिए।

बीपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड मा गत वर्षको बाढीले क्षति पुर्‍याएको थियो। उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो।

गत वर्षको बाढीले क्षति पुर्‍याएको सडकको स्थायी रूपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकिएको छ भने केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको जानकारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ