arrow

खुल्यो अवरुद्ध रिडी–तम्घास सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
gulmi-road-dozzer.jpg

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक  खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । 

सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए ।
     
मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ