arrow

भारतसँग वेष्ट इन्डिज निरीहः जडेजा, जुरेल र राहुलको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
dhruv-jurel-jadeja.jpg
तस्बिर – एपी ।

अहमदाबाद । भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज निरीह सावित भएको छ ।  हालैमात्र टी–२० क्रिकेटमा नेपालसँग पराजित भएको वेष्ट इन्डिज पहिलो टेष्टमा भारतसँग पनि निरीह देखिएको हो । 

अहमदाबादमा जारी पहिलो खेलमा वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दैै १६२ रनमात्र जोड्न सक्यो । ४४.१ ओभरमात्र क्रिजमा टिक्न सकेको पाहुना टिमका लागि जस्टिन ग्रेभ्सले सर्वाधिक ३२ रन जोडे । मोहम्मद सिराजले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । 

जवाफमा भारतले शानदार ब्याटिङ गर्दै दोस्रो दिनको समाप्तिसम्म शुक्रबार ५ विकेटको क्षतिमा २२८ रन बनाइसकेको छ ।

दोस्रो दिन २ विकेटको क्षतिमा १२१ रनबाट अगाडि खेलेको भारतले थप ३ विकेट गुमाउँदा ४४८ रन बनाएको हो । 

ध्रव जिरेल, रविन्द्र जडेजा र केएल राहुलले शतक बनाएका छन् । जुरेलले १२५ तथा राहुले १०० रन बनाएका छन् भने जडेजा १०४ रनमा अविजित छन् । 

त्यस्तै कप्तान शुबमन गिलले ५० रन जोडेका छन् । २८२ रनले पछि परेको वेष्ट इन्डिजले फराकिलो हार बेहोर्ने लगभग पक्का छ ।
वेष्ट इन्डिजले भारतमा रहँदा दुई खेलको टेष्ट श्रृंखला खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ