arrow

बर्दिबासमा बस दुर्घटना : दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
bus-accident-mahottari.jpg

महोत्तरी। यहाँको बर्दिबास नगरपालिका–११ खयरमारामा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बर्दिबास–१० का ८० वर्षीय पैदलयात्री चुल्हाई चौधरी को घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय बालक प्रवेश खड्काको भने उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बमले बताए।

दुर्घटनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका छन्। घाइते सबैको बर्दिबासस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले जानकारी दिए।

बस दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ