arrow

बीपी राजमार्ग राति बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
bp-highway-news.jpg

काठमाडौँ । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्ड रातिको समयमा बन्द गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने सम्भावनालाई ध्यानमा राखी यो कदम चालिएको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार असोज १६ गते बिहीबारदेखि असोज २१ गते मङ्गलबारसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्ड बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ ।

यस अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा पूर्णरूपमा रोक लगाइएको छ। कार्यालयले यात्रु तथा स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन र तोकिएको समयमा यात्रा नगर्न अनुरोध गर्दै सूचना जारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ