बडादशैँमा राष्ट्रपति पौडेलले यस वर्ष नागरिकलाई टीका नलगाउने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
1k
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा यस वर्ष आम नागरिकलाई टीका नलगाउने निर्णय गरेका छन्।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको जानकारी दिएकी छन्। विगतमा राष्ट्रपतिबाट बडादशैँको अवसरमा आमनागरिकलाई टीका लगाउने चलन रहेको थियो।
पछिल्लो परिस्थितिले राष्ट्रपतिलाई आफ्नो परम्परागत कार्यक्रम रोक्न बाध्य बनाएको हो, जुन यस वर्षको दशैँमा एउटा फरकपन हो।