arrow

मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
manakamana cable car.jpg

मुग्लिन (चितवन)। गोरखाको मनकामना केबलकार आज (बुधबार) देखि तीन दिनका लागि बन्द गरिने भएको छ। केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले दिएको जानकारी अनुसार, आज असोज १५ गतेदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिनेछ।

बन्द गरिएपछि असोज १८ गतेदेखि भने पुनः नियमित सेवा सञ्चालनमा आउनेछ।

शहीद लखन गाउँपालिकास्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि यो केबलकार सञ्चालन भइरहेको छ। मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ