देशभर बदली र वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
1k
Shares
काठमाडौँ। हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव कायमै रहँदा आज पनि सबै प्रदेशमा साधारणतया वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराईका केही स्थानहरूका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।