arrow

सात सय अपराधीहरूलाई फर्केर आउन नख्खु कारागारको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
nakkhu-karagar.jpg
तस्बिर – फाइल ।

पाटन । ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो ।

कारागार प्रमुख सत्यराज जोशीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन् । 

फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको उनले बताए । जोशीले भने,“करिब ६५१ जना अझै फरार छन् । यसअघि भदौ २६ गते कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको थियो । पछि  कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएअनुसार सम्पर्कमा आउने भनेका छौँ ।”

विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानून बमोजिम कारबाही हुने जानकारी गराइएको छ ।

कारागारले यस कार्यमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ । रासस

नख्खु कारागारका कैदीबन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत भदौ २४ गते पार्टीका नेता तथा कार्यकर्तासहित तामझामका साथ जेन–जी आन्दोलनको फाइदा उठाउँदै बाहिरिएपछि त्यसको सिको गर्दै देशभरबाट साढे १४ हजार भन्दा बढी कैदीबन्दी जेलबाट भागेका थिए । 

करिब साढे ६ हजार कैदीबन्दी अझै पनि कारागार बाहिर छन् । जसमा हत्यारा, बलात्कारी लगायतसमेत रहेका छन् । रास्वपाले जेन–जी आन्दोलनमा आफूहरू सहभागी भएको स्वीकारिसकेको छ । 

त्यस्तै जेलबाट भागेका अपराधीसँग कुराकानी गर्दै रास्वपाका नेताहरुले उनीहरुलाई छुटाउन पार्टीले भूमिका खेलेको भन्दै चुनावमा भोट हाल्न आग्रह गरेका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ