arrow

राठौर, चतुर्वेदी, श्रेष्ठ र विकलाई एआईजीमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
nepal-police-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार चार डीआईजीलाई एआईजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ