arrow

विश्वप्रकाश शर्मा भन्छन् - संविधान परिमार्जन गर्न आवश्यक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
bishwoprakash-sharma-janakpur.jpg

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान परिमार्जनको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा बिहीबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयको निरीक्षण तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै महामन्त्री शर्माले पटक-पटक भएको आन्दोलनकै कारण प्राप्त भएको संविधान परिमार्जन गर्दै सबैको अपनत्व हुने गरी मधेशी, कर्णालीवासी, आदिवासी, जनजाति, थारुलगायत सीमान्तकृत वर्गलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मुद्दाको सम्बोधन गर्न उनले सरकारसँग माग गरे । तर उनीहरूको माग सम्बोधन गर्ने नाममा पहिलाको हक अधिकार नमास्न समेत आग्रह गरे ।

जेनजी आन्दोलनको नाममा प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको टिप्पणीसमेत गरे ।

उनले जेनजी आन्दोलनको माग विघटन नभइ उनीहरुको मुद्दाको सम्बोधन गनुपर्नेमा अन्यथा गर्नु नै गलत रहेको स्पष्ट पारे ।

उनले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गरी जेनजीको माग पूरा गर्न आग्रह गरे ।

अर्को प्रसंगमा उनले पार्टीहरूमा रुपान्तरण हुनुपर्ने बताए । उनले जेनजी आन्दोलनको क्रममा राजनीतिक पार्टीहरूमा पुस्तान्तरणको विषयले जोडतोड पाएकाले यसप्रति कांग्रेसभित्र पनि छलफल भइरहेको बताए ।

मधेश प्रदेश सरकारमा पनि कांग्रेसले दाबी गरेको छ । उनले मधेश प्रदेशको सरकार अब कांग्रेसले नेतृत्व गर्ने बताए ।

उनले मधेश प्रदेश स्वायत्तता रहेकाले कांग्रेस मधेश प्रदेशको सभापति कृष्णप्रसाद यादव रहेकाले उनले नै नेतृत्व हुने गरी प्रदेश सरकारका लागि पहलकदमी लिनुपर्ने बताए । 

उनले काम चलाउ मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ