शिक्षिका सीता मरासिनी १० दिनदेखि बाजुराबाट बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
1.1k
Shares
बाजुरा । बाजुराबाट एक शिक्षिका १० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी हुन् ।
उनी बाजुराबाट करिब १० दिनदेखि बेपत्ता भएकी हुन् । करिब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं २ छुदरीस्थित गंगा आधारभूत विद्यालयमा कार्यरत मरासिनी भाद्र ३० गतेदेखि सम्पर्कविहीन भएकी हुन् ।
विभिन्न स्थानमा खोजतलास गर्दासमेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्रप्रसाद ज्ञवालीले बताए ।
गुल्मीको तम्घास माइत भएकी अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउन नसकेको उनको भनाइ छ ।
परिवारले मरासिनीलाई कतै फेला पारेपछि ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेका छन् ।