arrow

शिक्षिका सीता मरासिनी १० दिनदेखि बाजुराबाट बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
sita-marasini.jpg

बाजुरा । बाजुराबाट एक शिक्षिका १० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी हुन् ।

उनी बाजुराबाट करिब १० दिनदेखि बेपत्ता भएकी हुन् । करिब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं २ छुदरीस्थित गंगा आधारभूत विद्यालयमा कार्यरत मरासिनी भाद्र ३० गतेदेखि सम्पर्कविहीन भएकी हुन् ।

विभिन्न स्थानमा खोजतलास गर्दासमेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्रप्रसाद ज्ञवालीले बताए । 

गुल्मीको तम्घास माइत भएकी अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउन नसकेको उनको भनाइ छ ।

परिवारले मरासिनीलाई कतै फेला पारेपछि ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेका छन् ।

प्रहरीले पनि उनको खोजी कार्य जारी राखेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ